अमेरिकन ब्रान्ड भन्दै नक्कली मास्क बेच्ने ४ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकन ब्रान्डको लोगो टाँसेर नक्कली मास्क बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।

काठमाडौंको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड थ्री एम मास्कको लोगो प्रयोग गरेर नक्कली मास्क बेच्ने ४ जना प्रकाउ परेको हो । उनीहरुको साथबाट १२ हजार थान नक्कली मास्क बरामद भएको छ ।

प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।

  • १३ माघ २०७८, बिहीबार १७:०० प्रकाशित