कोभिड नेपाल :आज एकैदिन १५ संक्रमितको मृत्‍यु, ८ हजार १७ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।

आज एकैदिन देशभर १५ संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा बसेका मध्ये १५ जनाले ज्यान गुमाएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोही समयमा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

  • १३ माघ २०७८, बिहीबार १६:४४ प्रकाशित