गण्डकी अपडेटः दुई संक्रमितको ज्यान गयो, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २ संक्रमितको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पोखरा ३३ की ५९ वर्षीया महिला र पोखरा ९ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयको अनुसार दुवै संक्रमितको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।हालसम्म प्रदेशमा १ हजार ४३५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ७१७ जनामा संक्रमण पुष्टि भएको छ । भने ३७८ जना निको भएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गइरहेको छ।

१ हजार ५५ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका २८९, गोरखाका ९, मुस्ताङका १, म्याग्दीका ३२,लमजुङका ५६, तनहुँका ३९, नवलपरासीका २०, बागलुङका ११९,पर्वतका १९ र स्याङ्जाका ९९ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९७ हजार ४०१ पुगेको छ भने निको हुनेको संख्या ८८ हजार ५९८ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ७३ हजार ९३९ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ७ हजार ३६८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार २८३ जना होम आइसोलेसनमा रहेका छन् ।

  • १३ माघ २०७८, बिहीबार १६:२३ प्रकाशित