ज्यान मार्ने धम्की दिने मन्त्री यादवविरुद्ध प्रहरीमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिसांत्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ ।काँग्रेस नेता रञ्जित कर्णले ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएको बताइएको छ ।

कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

  • १३ माघ २०७८, बिहीबार १६:०९ प्रकाशित