राष्ट्रियसभा बैठक माघ १७ गते बस्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थगित हुदैँ आएको राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ।

यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।

लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।

  • १३ माघ २०७८, बिहीबार १४:५३ प्रकाशित