कोइला बालेर सुतेका दम्पती बिहान कोठाभित्र मृत भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

न्यानो हुनका लागि कोठा भित्र कोइला बालेर सुतेका दम्पतीको निस्सासिएर ज्यान गएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।उनीहरुले सुत्नुअघि झ्यालढोका पुरै बन्द गरि टिनको चुलोमा कोइला बालेर सुतेकोमा बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।

  • १३ माघ २०७८, बिहीबार १४:०३ प्रकाशित