एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका ललितपुर जिल्ला कमिटी पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश गरेका छन् ।

विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा सिलवाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर नेकपा एसमा प्रवेश गराएका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका सिलवाल झिनो मतले कांग्रेसका गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

  • १३ माघ २०७८, बिहीबार १३:०३ प्रकाशित