नगर सभाको माइन्युट च्यात्ने वडाध्यक्ष परे पक्राउ

केन्द्रभाग मिडिया

धनगढी ।

नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ।

त्रिवेणी नगरपालिका ७ का अध्यक्ष प्रेमबहादुर थापा पक्राउ परेका हुन्। वडा नम्बर ९ का अर्का वडाध्यक्ष वीरबहादुर विष्ट भने फरार रहेका छन् ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले माघ १० मा नगरसभाको माइन्युट च्यातेको आरोप छ।नगर सभामा एकलौटी निर्णय भएकोले माइन्युट च्यात्नुपरेको वडा अध्यक्षले जवाफ दिएका छन्।

माइन्युट च्यातेको भन्दै वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले उजुरी दिएका थिए।उजुरीपछि वडाध्यक्ष थापालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • १३ माघ २०७८, बिहीबार १०:१९ प्रकाशित