आहा रारा गोल्डकपः दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ र आर्मी भिड्ने भएका छन् ।

पोखरा रंगशालामा हुने मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ

 

  • १३ माघ २०७८, बिहीबार ०९:४५ प्रकाशित