लुम्बिनीमा तीनै राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेद्वारले ४३७४ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। जसमा एकिकृत नेकपा समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् ।

एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेद्वार थिए ।

  • १२ माघ २०७८, बुधबार १६:५९ प्रकाशित