राष्ट्रिसभा निर्वाचनः गण्डकीमा मत गणना सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रियसभा सदस्य चयनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भई अपरान्ह ३ बजेसम्म मतदान भएकोमा अहिले मतगणना सुरु भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

निर्वाचन कार्यालयकै हलमा अहिले मत गणना सुरु भएको र दुई घण्टा भित्र नै पतपरिणाम आईसक्ने निर्वाचन अधिकारी पराजुलीले बताए । उनका अनुसार मतदानमा दुई जना स्थानीय तहका जनप्रतिनिधि सहभागि भएनन् ।प्रदेशसभाका भने ५९ सदस्य नै मतदानमा सहभागी भएका थिए ।

निर्धारित समय विमान ९ बजे सुरु भएको मतदान निर्धारित समय दिउँसो ३ बजे सकिएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

गण्डकीमा तीनजना राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको प्रतिस्पर्धा छ । दलित, महिला र अन्य समूहमा एक÷एक सदस्यका लागि नेकपा एमालेका तीन जना र सत्तारुढ गठबन्धनका तर्फबाट तीनजना प्रतिस्पर्धामा छन् । एमालेको तर्फबाट मिहिला तर्फ लिला पोखरेल थनेत, अन्य समूहमा पुण्य प्रसाद बौडेल र दलित तर्फ अर्जुन कुमार सुनाम प्रतिस्पर्धामा छन् ।

सत्तारुढ गठबन्धनको तर्फ कांग्रेसबाट महिलामा कमला पन्त, अन्यमा माओबादीकेन्द्र बाट सुरेश कुमार आलेमगर र दलित तर्फ माओवादी केन्द्र बाटै भुवन सुनार प्रतिस्पर्धामा छन् ।

  • १२ माघ २०७८, बुधबार १६:५० प्रकाशित