गण्डकी अपडेटः आज संक्रमितको संख्या केही कम, कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो

१ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सोही अवधिमा २१३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ३८५, गोरखाका २३, म्याग्दीका ४६,लमजुङका ६५, तनहुँका ४४, नवलपरासीका ४९, बागलुङका २०,पर्वतका १२ र स्याङ्जाका १०४ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९६ हजार ६८४ पुगेको छ भने निको हुनेको संख्या ८८ हजार २२० रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ७२ हजार ८८४ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ७ हजार ३१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ९३५ जना होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म प्रदेशमा १ हजार ४३३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • १२ माघ २०७८, बुधबार १६:१३ प्रकाशित