प्रहरी र सशस्त्रमा एआईजी थप्‍ने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी थप्ने तयारी गरेको छ ।

नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो ।अर्थ मन्त्रालयले प्रहरीमा तीन र सशस्त्रमा एउटा दरबन्दी थप्ने सहमति गरेको बताइएको छ ।

सहमतिसहितको फाइल अर्थले गृहमा पठाइसकेको बताइएको छ। दरबन्दी थप्ने सम्बन्धी दुवै प्रहरीबाट आएका प्रस्तावमा गृह मन्त्रालयले आन्तरिक छलफल गरी सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

  • १२ माघ २०७८, बुधबार १६:०२ प्रकाशित