राष्ट्रियसभाका १९ वटै सिटमा गठबन्धनले जित्छ :माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए । उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’

  • १२ माघ २०७८, बुधबार १५:४९ प्रकाशित