पोखरा महानगरपालिकाका अत्यावश्यक बाहेकका सेवा स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाबाट हुने सेवाहरु यहि १६ गतेसम्म बन्द हुने भएको छ।

महानगर कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण भएको र केहीमा कारोना संक्रमणको लक्षण देखिएकाले सेवा स्थगन गर्ने महानगरपालिकाले सुचना जारी गरेको हो ।महानगरले सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगन गर्ने भएको हो ।

‘संक्रमण जोखिम थप बढ्न सक्ने हुँदा सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका नियमित सेवाहरु मिति २०७८/१०/१६ गते सम्मका लागि स्थगन गरिएको सबैमा जानकारी गराइन्छ’, प्रमुख प्रशासकीय अधिकृतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

  • १२ माघ २०७८, बुधबार १५:२१ प्रकाशित