सिके राउतका कार्यकर्ता भाटासहित प्रर्दशनमाः सरकारी गाडीमा तोडफोड,मेयर र उपमेयर घाइते

केन्द्रभाग मिडिया

जनकपुरधाम।

जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा प्रर्दशन गरेका छन् ।

प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडपसमेत भएको छ ।

भाटासहित आन्दोलनमा उत्रिएका आक्रोशित कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन्।प्रदर्शनमा उत्रिएका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन्।

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम जादैँ गरेका मेयर र उपमेयर सवार कार्यकर्ताले तोडफोड गरेका हुन्।
तिरहुतीया गाछीमा उनीहरूले सरकारी गाडी रोकेर तोडफोड गरेका थिए।

भट्टराईसँगै गाडीमा मेयर गणेश प्रसाईं र उपमेर रेणुका पौडेल थिए। उनीहरूलाई टाउको र हातमा चोट लागेको छ।किसानलाई पहिले मल उपलब्ध गराउनुपर्ने अनि मात्रै भोट दिने भन्दै उनीहरूले प्रदर्शन गरेका छन्। मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि तितरबितर गर्न आज बिहान प्रहरीले अश्रुग्यास प्रहार पनि गरेको थियो।

  • १२ माघ २०७८, बुधबार १२:२४ प्रकाशित