स्याङ्जाका अस्मित राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् ‘लगइन बुक्स’ले आयोजना गरेको प्रतियोगितामा भुषालको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो ।

यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’ चुनिएको छ ।  प्रथम हुनेले नगद दश हजार रुपैयाँ तथा दोस्रोले पाँच हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक रविन श्रेष्ठले बताए ।

प्रतियोगिताको निर्णायक निर्भीकजंग रायमाझी रहेका थिए । ‘लगइन बुक्स’ले पुस्तक प्रकाशन तथा इबुक प्रकाशनमा काम गर्दै आएको छ ।

  • १२ माघ २०७८, बुधबार ०९:१४ प्रकाशित