राष्ट्रिय सभाको निर्वाचन आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रि सभाको निर्वाचन आज हुदैँ छ । १९ सिटका लागि हुन लागेको मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ ।

सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सांसद रहेका छ । सो रिक्त रहेको स्थानमा प्रदेश १ बाट ३, प्रदेश नम्बर २ बाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सांसद निर्वाचित हुन लागेका हुन् ।

कोरोना महामारीकै बिच हुन लागेको निर्वाचनमा आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेको छ । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ । ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

यस्तै निर्वाचन सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको छ ।सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्र तय गरिएको छ । जस अनुसार प्रदेश नम्बर १ मा निर्वाचन कार्यालय विराटनगर र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल कायम गरिएको छ । प्रदेश नम्बर २ मा महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान स्थल तय गरिएको छ ।

यता बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्र भवनमा कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतको भवनमा र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको प्रदेश सभा भवनमा मतदानस्थल कायम गरिएको छ ।

मतदान सकिएको तीन चार घण्टापछि नै मतगणना हुने जनाइएको छ।राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ९ दलका ४३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।

  • १२ माघ २०७८, बुधबार ०८:४७ प्रकाशित