गण्डकी अपडेटः हालसम्म ४०७ स्वास्थ्यकर्मी संक्रमणग्रस्त, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९३५ संक्रमित थपिएका छन् ।

१ हजार ६५२ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सोही अवधिमा २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ३९१, गोरखाका ३७, म्याग्दीका २७,लमजुङका ५७, तनहुँका ९८, नवलपरासीका ६०, बागलुङका ५९,पर्वतका १३ र स्याङ्जाका १९३ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९५ हजार ८९४ पुगेको छ भने निको हुनेको संख्या ८८ हजार ७ रहेको छ ।

यसैबीच पुस १७ गतेदेखि माघ ११ अर्थात आजसम्म गण्डकी प्रदेशमा ४०७ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित बनेका छन् । जसमध्ये गोरखाका ८, मुस्ताङका ३, म्याग्दीका ३९, कास्कीका १५५, लमजुङका २३ तनहुँका ८३, नवलपरासी पूर्वका २९, स्याङ्जाका २८, पर्वतका २२, बागलुङका १७ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रदेशमा हालसम्म ३ लाख ७१ हजार ४३६ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ६ हजार ४५४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ३६३ जना होम आइसोलेसनमा रहेका छन् ।
हालसम्म प्रदेशमा १ हजार ४३३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • ११ माघ २०७८, मंगलवार १६:१८ प्रकाशित