नेपालमा भ्रष्टाचारको स्कोर यथावत् : भ्रष्टाचार हुने देशको ११७ औँ स्थानमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा भ्रष्टाचारको स्कोर यथावत रहेको छ। भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा नेपाल कायमै रहेको छ।

भ्रष्टाचार अवधारणा सूचकांक  अनुसार नेपाल ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक  अनुसार नेपाल ११७ औं स्थानमा रहेको छ। नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ। गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो। १८० वटा मुलुकहरुको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ।

अघिल्लो र यस वर्ष नेपालको अंक स्थिर रहेको छ। रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।

  • ११ माघ २०७८, मंगलवार १४:४० प्रकाशित