चुनाव सारे एमालेले सहदैँनः नेता खरेल

केन्द्रभाग मिडिया

झापा ।

नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले चुनावको सारे एमालेले नसहने जिकिर गरेका छन् । संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् ।

आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ,’।

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ ।

  • ११ माघ २०७८, मंगलवार १३:४६ प्रकाशित