राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ मा मात्रै मतदान गर्ने, अन्य प्रदेशमा यसकारण नगर्ने !

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ को मतदान प्रक्रियामा मात्रै सहभागी हुने भएको छ ।

अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । प्रदेश १ मा मात्रै आफ्ना उम्मेद्धवार रहेकाले सो प्रदेशमा मात्रै मतदान गर्न आदेश दिएका हुन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले अन्य प्रदेशमा राप्रपाका उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेका छन् । राष्ट्रियसभा निर्वाचन बुधबार हुँदैछ ।

  • ११ माघ २०७८, मंगलवार १३:२५ प्रकाशित