जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक वाहेकका सेवा बन्द

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको र थप कर्मचारीमा लक्षण दखिएकाले सेवा प्रभावित हुन पुगेको जनाएको छ ।

कोरोना संक्रमणका कारण कर्मचारी आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि स्थगन गरिएको जानकारी दिएको हो ।

  • १० माघ २०७८, सोमबार १७:३७ प्रकाशित