चुनाव तत्काल गर्नुपर्छ नत्र पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ : महामन्त्री थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् । उनले वैशाखमा चुनाव नगर्ने कुरा अमान्य हुने बताएका छन् ।

सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए ।

उनले भनेका छन्,‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउँछ,’महामन्त्री थापाले भने ।

काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्नेमा थापाको जोड छ ।महामन्त्री थापाले पार्टी नेतृत्वले संविधान र कानुनभन्दा फरक गएर गरेको निर्णय गरेर औचित्य पुष्टि गर्न खोजेपनि आफूलाई मान्य नहुने बताएका छन् ।

  • १० माघ २०७८, सोमबार १६:३६ प्रकाशित