देशभर १० हजार ३१९ जनामा संक्रमण , ४ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । भने २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

  • १० माघ २०७८, सोमबार १६:२३ प्रकाशित