तनहुँमा करेण्ट लागेर वृद्धको मृत्यु

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

तनहुँ ।

तनहुँमा वनमा दाउरा खोज्न गएका एक वृद्धको करेण्ट लागेर ज्यान गएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका(८ अजम्बरी सल्लाघारी जङ्गलमा स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दाउरा खोज्न आज बिहान वनमा जाने क्रममा बिजुलीको लाइनमा छुन पुग्दा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

  • १० माघ २०७८, सोमबार १४:२६ प्रकाशित