डा. सिके राउतलाई मार्ने धम्की दिएको छैन : मन्त्री रेणु यादव

केन्द्रभाग मिडिया

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरि पूर्वाग्रहपूर्ण ढंङ्गले अपव्याख्या गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

उनले आफ्नो मन्त्व्य कसैप्रति लक्षित नरहेको भन्दै डा.सिके राउतलाई मार्ने धम्की नदिएको दाबी गरेकी छिन् । वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त समेत गरेकी छन् ।

उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन् ।

रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ ।

‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढङ्गले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • १० माघ २०७८, सोमबार १३:५६ प्रकाशित