१३ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीका १३ जना सम्पर्क विहिन बनेका छन् । उनीहरु आफु खुसी कार्यालयको सम्पर्कमा नरहेको प्रधान प्रहरी कार्यालय नक्शालले जनाएको छ । सम्पर्क विहिन १३ प्रहरीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालय नक्शालले आग्रह गरेको छ।

दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ।

सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।

यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।

  • १० माघ २०७८, सोमबार १०:३५ प्रकाशित