राखेपद्धारा रंगशाला र खेल पूर्वाधार बन्द गर्ने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द गरेको छ ।

राखेपले एक सूचना जारी गर्दै रंगशाला लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको जनाएको छ ।

सरकारले कोभिड–१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रमहरु निषेध गरेको कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ ।

  • ९ माघ २०७८, आईतवार १७:२९ प्रकाशित