गण्डकी अपडेटः ११ वटै जिल्लामा भेटिए संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेहमा ६९७ संक्रमित थपिएका छन् ।

१० सय ८६ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सोही अवधिमा १६५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ४५१,गोरखाका ४,मनाङका १, मुस्ताङका १, म्याग्दीका २०,लमजुङका १४ , तनहुँका १५, नवलपरासीका ६१,बागलुङका ५९,पर्वतका २३ र स्याङ्जाका ४८ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ हजार १० पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ६१५ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६८ हजार १५३ जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ४९ सय ६२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ हजार ८७४ जना होम आइसोलेसनमा रहेका छन् ।
हालसम्म प्रदेशमा १ हजार ४३३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • ९ माघ २०७८, आईतवार १६:५४ प्रकाशित