सरुवा रोग अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५० जना भन्दा बढिमा कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ५० जना भन्दा बढिमा कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरेको अस्पतालले जानकारी दिएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले भोलि (सोमबार) देखि अर्को आइतबार (माघ १६ गतेसम्म) सम्म एक साताका लागि खोप अभियान स्थगित भएको जनाएको छ ।

  • ९ माघ २०७८, आईतवार १६:२० प्रकाशित