आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुने

केन्द्रभाग मिडिया

आज बिहानै देखि हिजो अस्तिको भन्दा केही बढी चिसो महसुस भइरहेको छ। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकोले देशभर मौसम बदली हुनुको साथै चिसो अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकीप्रदेशका भू-भागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गर्दै जनाएको छ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघर गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघर गर्जन चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

  • ९ माघ २०७८, आईतवार ०८:५२ प्रकाशित