एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

केन्द्रभाग मिडिया

पोखरा ।
विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाईएससीले अग्रता बनाएको थियो ।

खेलको ४७ औं मिनेटमा राइलीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

अर्मान्डलाई बीवाईएससीका हेक्टरले पेनाल्टी एरियामा फउल गर्दै लडाएपछि एपीएफले पेनाल्टीको अवसर पाएको थियो । जसमा आवाशले सहजै गोल गरे ।

खेलको ८४ औं मिनेटमा सब्सिच्युड खेलाडी रवीले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए ।

अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

 

  • ८ माघ २०७८, शनिबार १७:०३ प्रकाशित