थप १० हजार २५४ जनामा संक्रमण, १६ संक्रमितको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।
आज नेपालमा कोरोना भाइरसका १० हजार २५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २० हजार २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार १ सय ८७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १६ जनाको निधन भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६५१ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मुलुकमा हालसम्म ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • ८ माघ २०७८, शनिबार १६:३५ प्रकाशित