वर्षमान पुन १० माघमा स्वदेश फर्कने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुन उपचारको सिलसिलामा यतिवेला चीनमा छन् ।

उनी यही माघ १० गते स्वदेश फर्कने भएका छन् ।

पुनले स्वयम सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेर आफू पूर्ण स्वास्थ्यलाभ भई यही माघ १० गते नेपाल आउने जानकारी दिएका छन् ।

उनले लेखेका छन्–‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पुर्ण स्वास्थ्य लाभ गरि नेपाल फर्किदै छु ।’

कमलपित्त रोगबाट पीडित पुनले यसअघि बैंककमा उपचार गराएका थिए ।

त्यहाँबाट उनी थप उपचारको लागि चीनमा आएका थिए ।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ ।

 

  • ८ माघ २०७८, शनिबार १५:५६ प्रकाशित