समाजसेवी अधिकारीको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ४ गैह्रापाटन निवासी समाजसेवी केदारनाथ अधिकारीको शुक्रबार निधन भएको छ । उनको ७५ वर्षको उमेरमा पोखरा ४ स्थित निवासमै शुक्रबार दिउँसो निधन भएको हो । गैह्रापाटनका अग्रज समाजसेवी स्वर्गीय अधिकारी नवीन माविका व्यवस्थापन समिति पूर्व अध्यक्ष हुन् ।

विभिन्न संघ संस्थामा आवद्ध रहेर काम गरेका स्वर्गीय अधिकारी पुराना बामपन्थी हुनुका साथै लोकतान्त्रिक तथा प्रजातान्त्रिक विभिन्न आन्दोलनमा सहभागी रहेका उनका कान्छा भाई श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्वर्गीय अधिकारीको शनिबार विहान ८ः३० बजे रामघाटमा अन्तिम दाहसंस्कार गरिनेछ । चार दाजुभाई मध्येका जेठा स्व.अधिकारीका एक श्रीमति, एक छोरा, एक बुहारी, एक छोरी र चार नातिनातिना छन् । छोरा विशाल अधिकारी थ्राइव ब्रोकरेजका सञ्चाल हुन् ।

  • ७ माघ २०७८, शुक्रबार २१:३३ प्रकाशित