प्रधानमन्त्री देउवाले भने,‘निर्वाचनको तयारीमा लाग्नुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।
देउवाले एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्तावका सम्बन्धमा उनले कुनै प्रतिक्रिया दिएनन् ।

संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

  • ७ माघ २०७८, शुक्रबार १७:०८ प्रकाशित