गण्डकी अपडेटः आज २ संक्रमितको मृत्यु, थपिए ९०० संक्रमित,कुन जिल्लाका कति ? सूचीसहित

केन्द्रभाग मिडिया

 पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार दुई संक्रमितको ज्यान गएको छ ।

ज्यान जानेमा गोरखा नगरपालिका वडा ११का ४० वर्षीय संक्रमित पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका १३ की २३ वर्षीया संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय ३२ पुगेको छ ।

यस्तै आज शुक्रबार एकै दिन ९०० जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १७ सय २ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।सोही अवधिमा १२१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
संक्रमित हुनेमा कास्कीका ४८९,गोरखाका ४०,मुस्ताङका १, म्याग्दीका १९,लमजुङका ४५, तनहुँका ६९, नवलपरासीका ६१,बागलुङका ३७,पर्वतका १६र स्याङ्जाका १२३ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ३३६ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६२ हजार २६० जनाको परीक्षण भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ । हाल प्रदेशमा ४१ सय १७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ हजार ४१ जना होम आइसोलेसनमा रहेका छन् ।

  • ७ माघ २०७८, शुक्रबार १६:०२ प्रकाशित