ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ ? पढ्नुहोस के भन्छन् विज्ञ !

केन्द्रभाग मिडिया

एजेन्सी ।

ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विश्वका अधिकांश देशहरुले सचेतना अपनाउन थालेका छन् । यता नेपालमा पनि यसको संक्रमण बढ्न थालेपछि अहिले स्कुल, कलेज, सिनेमा हल, जिमहल, बार , क्लब, पार्लर लगायतका क्षेत्र बन्द गरिएका छन् ।भने अन्य केही क्षेत्रमा सुरुक्षाका मापदण्ड अनिवार्य, खोप कार्ड अनिवार्य गरिएको छ।

विश्व स्वाथ्य संगठनले ओमिक्रोनलाई सामान्य रुपमा नलिन चेतावनी दिई रहेको छ । तर पछिल्लो समय गरिएका केही अध्ययनले ओमिक्रोन अन्य भेरिन्टको तुलनामा कमजोर देखिएको छ।यो भेरियन्टको भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।

यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेकोमा ओमिक्रोनको संक्रमण भएपछि तीन दिन भित्र लक्षणहरु देखा पर्ने गरेको अध्ययनले देखाएको छ।

डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्ने गरेको थियो ।गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको हो ।

सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा.भिसेन्ट सोरियानोले बताए।

दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ।वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्।ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।

डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।”

उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन्।

‘तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,’ डा. सोरियानो भन्छन्।’केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ। ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ।’

यसमा कुनै व्यक्ति अझै सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ।

ओमिक्रोन भेरिअन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिअन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।

यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो।डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो।ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्।

दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको विज्ञहरुले बताएका छन् ।बीबीसीबाट

  • ७ माघ २०७८, शुक्रबार १५:५१ प्रकाशित