फ्रन्टलाइनरले हप्तामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकामा सबै प्रकारको व्यवसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।

योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

  • ७ माघ २०७८, शुक्रबार १३:४७ प्रकाशित