गठबन्धनको बैठक स्थगित भएपछि छुट्टै भेट्दैछन देउवा–प्रचण्ड

केन्द्रभाग मिडिया

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझ छट्टै भेट गर्दैछन् । आज दिउँसो ४ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक अचानक स्थगित भएपछि देउवा प्रचण्डले छुट्टै भेट गरि छलफल गर्ने भएका हुन् ।

अहिले साँझ भेट्न लागेका देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल हुन लागेको हो।

प्रचण्डको सचिवालयका अनुसार बैठकको पूर्वतयारीका लागि दुई नेता जुट्ने भएका हुन्। दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने भएको छ।

  • ६ माघ २०७८, बिहीबार १६:५९ प्रकाशित