लोक सेवाका लिखित परीक्षा पनि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

माघ ११ देखि हुने भनिएको लोक सेवा आयोगका परीक्षा पनि स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको हो ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

  • ६ माघ २०७८, बिहीबार १६:४८ प्रकाशित