संविधान विपरित चल्ने छुट कांग्रेसलाई छैन, निर्वाचन मिति तत्काल घोषणा गर्नुपर्छ : महामन्त्री थापा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान विपरित चल्ने छुट काँग्रेसलाई नभएको बताएका छन् ।

निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले ताकेता गरिरहँदा पनि गठबन्धनले हालसम्म तय गर्न नसकेको भन्दै आफु अनुकुल व्याख्या गरेर निर्वाचन सार्ने छुट काँग्रेसलाई नभएको उनले बताएका हुन् ।

वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंधानिक र अलोकतान्त्रिक हुने उनको भनाई छ । स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने थापाले बताएका छन् ।

‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुन्छ भनेजस्तै स्थानीय सरकारको कार्यकाल पनि ५ वर्षको हुन्छ । हाम्रो संविधानले स्थानीय सरकार रिक्त हुने परिकल्पना गरेको छैन त्यसैले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ’, थापाले भने ।

उनले विगतमा केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गरेको बिर्सन नहुने भन्दै सत्तामा पुगेपछि संविधान विपरीत गर्ने छुट कांग्रेसलाई नभएको बताए ।

  • ६ माघ २०७८, बिहीबार १५:०१ प्रकाशित