राष्ट्रिय निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाले गरे गठबन्धन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गर्ने भएका छन् ।

यी दुई पार्टीले जनकपुरमा एक कार्यक्रम गरि आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने घोषणा गरेका हुन् । मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए।त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो। यस्तोमा लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन्।

यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।

मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ।

  • ६ माघ २०७८, बिहीबार १४:४८ प्रकाशित