आयल निगम भन्छ :‘मुल्य बढे नि १५ दिनमा अझै एक अर्ब ८८ करोड घाटा हुन्छ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढे पनि अबको १५ दिनमा अझै १ अर्ब ८८ करोड घाटा हुने जनाएको छ।

निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।

निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी डिजल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन ९आइओस०लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो ।

 

  • ६ माघ २०७८, बिहीबार १४:०२ प्रकाशित