सोमपाल र विनोद अटाएनन् राष्ट्रिय टिममाः को– को परे ? नामसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली छनोट गरेको छ ।

अन्तिम १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीमा सोमपाल कामी र विनोद भण्डारी परेका छैनन । उनीहरुलाई टोलीमा किन राखिएन भन्ने बारे केही उल्लेख गरिएको छैन ।

क्यानले सार्वजनिक गरेको सूचीअनुसार टोलीमा लोकेश बम र विवेक यादवले पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् ।

सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेष, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद् भेषावकर, आरिफ शेष, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, र प्रदीप ऐरी छन्।

टोलीमा शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पूनरागमन गरेका हुन्।आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ए प्रतियोगिता फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ। ग्लोबल छनोट एमा नेपालसहित ८ टोली भिडिने छन्।

८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन्।

  • ६ माघ २०७८, बिहीबार १३:१२ प्रकाशित