मूल्य वृद्धिविरुद्ध विरोधमा उत्रिए विद्यार्थीः जलाए देउवाको पुत्ला

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो पुन पेट्रोलियम पदार्थको मुल्यमा वृद्धिभएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुल्य वृृद्धि तुरुन्तै फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको बताइएको छ । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ ।

पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३(३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ ।

  • ६ माघ २०७८, बिहीबार १२:४४ प्रकाशित