पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न नेविसंघको माग

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले तत्काल मुल्यबृद्धी फिर्ता गर्न माग गरेको हो ।

‘कोरोना भाइरस (कोघिड–१९) को तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति नेपाल विद्यार्थी संघले घोर भत्र्सना गरेको छ ।’ नेविसंघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएबाट पुनःसबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने भन्दै आहतमा राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

तिमल्सिनाले निगमले स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ निगमले कुनै पहल नै नगरी संकट र महामारीकै बीच पटक–पटक गरिएको मुल्यबृद्धि जनबिरोधी कार्य भएको जिकिर गरे ।

अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटक–पटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपर्ने भन्दै सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न उनले माग गरेका छन् ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर १ सय बढाइएको जनाएको छ । अब  पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय २२ रुपैयाँ पुगेको छ ।

  • ६ माघ २०७८, बिहीबार ११:५३ प्रकाशित