माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु

केन्द्रभाग मिडिया

बुटवल ।

बुटवलमा माटोको ढिस्कोले पुरिदाँ २ जनाको ज्यान गएको छ ।

तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् ।

बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ ।

  • ६ माघ २०७८, बिहीबार १०:१९ प्रकाशित