आज कुन देशको मुद्राको विनिमयदर कति ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज एक अमेरिकी डलरको खरिददर ११८.७९ रुपैयाँ र बिक्रीदर ११९.३९ रुपैयाँ छ । यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ कायम गरेको छ ।

यस्तै पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७ रुपैयाँ छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९६ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ६ माघ २०७८, बिहीबार ०९:५८ प्रकाशित